काठमाडौं । नेपाली आरोही प्रकाशराज पाण्डेले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफलपूर्वक आरोहण गरेका छन् ।
उनले मंगलबार बिहान ६ः४० बजे तान्जेनियाको किलिमन्जारो हिमालको सफल आरोहण गरेका जानकारी दिए । ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको किलिमन्जारो हिमालमा उनले नेपालको राष्ट्रिय झन्डा फहराएका समेत सुनाए ।
सातै महादेशका अग्ला शिखरहरु आरोहण गर्ने लक्ष्यमा रहेका उनले सगरमाथा, माउन्ट एल्ब्रस, किलिमन्जारो गरी सात वटा हिमालहरु मध्ये तीन वटा हिमालहरु सफलतापूर्वक अरोहण गरी सकेका छन् । उनले सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।