एक महिनामै एक लाख १७ हजार पर्यटक नेपाल भित्रिए, हालसम्मकै उच्च !

Advertisement

काठमाडौं । नेपालमा पर्यटकको आगमन बढ्दो क्रममा रहेको छ । गएको अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । 

बोर्डका अनुसार यो संख्या एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च हो । 

Advertisement

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् । 

भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २७१, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ०७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।  

Advertisement

Advertisement