तरमाराहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न दिन सकिन्नः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन् । 

बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए । 

Advertisement

ओलीले क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए । उनले हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ ? भन्दै प्रश्न गरे । ओलीले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताए । 

ओलीले भने, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय गर्यो, उनीहरु नै अहिले न्यायाधीश बनेका छन् । सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुंग्याउन भनेर । गोरखाकी गंगा अधिकारी अहिले पनि अनसनमै हुनुहुन्छ । उनका श्रीमानको लाश अस्पतालमा छ । त्यो लाश उठाउन कुनै ध्यान छैन् यो सरकारलाई । उनको छोरो माओवादीले घिसारी घिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ । त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ । कसरी न्याय हुन्छ ? तिनै मानिसहरु अहिले सरकारमा छन् । संवेदनशीलता बिल्कुल देखिँदैन । उल्टै हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँछन् । महान दिवस हो भनेर बिदा दिइएको छ । एक पटक होइन, अब सधैँ हरेक वर्ष ।’ 

उनले सरकार संविधान मिच्ने, बहुमतको घमण्ड गर्ने र अहंकार देखाउने काममा लागेको बताए । उनले स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पनि पुष्टि गरेको बताए । उनले जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको बताए । 

ओलीले भने, ‘सरकारले देशमा संविधान मिच्ने, आफूसँग बहुमत छ गठबन्धनको भन्ने अहंकार देखाउने, अदालतल पटकपटक सचेत गराउँदा पनि ति कुरालाई नमान्ने, कानूनी राज होइन, स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने जस्ता कामहरु ग¥यो । आजैमात्रै पनि सम्मानित सर्वोच्च अदालतबाट रिगल भन्ने उपनाम गरेका व्यक्तिको सम्बन्धमा जो नेपाल सरकारले सिफारिस गरेको थियो, राष्ट्रपतिले माफी मिनाहा गर्नुभएको थियो, गठबन्धनले बाजागाजा, अभिरजात्रा, फूलमालासहित त्यसलाई स्वागत गरेर लगेको थियो, अर्को एकजना सरकारले छोडेको त्यस्तै मान्छे हिजो कि अस्ति गिरफ्तार भएको छ, जनतालाई त्रसित बनाउने, दुःख दिने, विषयलाई लिएर । 

Advertisement

Advertisement