जाजरकोटमा भूकम्पबाट ठूलो धनजनको क्षति

Advertisement

काठमाडौं। शुक्रबारको भूकम्पले जाजरकोटमा ठूलो धनजनको क्षति भएको छ। मध्य रातमा गउको भूकम्पबाट धेरै घरहरुमा क्षति पुगेको हो।

भूकम्पमा घाइते भएका व्यक्तिहरुलाई अस्पताल लैजान सुरु गरिएको प्रहरीले जनाएको छ। यसैगरी उद्दारका लागि नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छन्।

Advertisement

मध्यरातमा मानिसहरु सुतिरहेको बेलामा भूकम्पको धक्का आएकोले धेरै मानविय क्षति हुन सक्ने प्रहरीको अनुमान छ।  

काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर ४७ मिनेट जादाँ धक्का महशुस भएको हो। 

भुकम्पको धक्कासँगै काठमाडौं बासी समेत आतंकित बनेका छन्। 

जाजरकोट केन्द्बिन्दू भएर ६.४ रेक्टरको भूकम्प गएको अनुमान गरिएको छ। यद्यपी भूकम्पको आधिकारिकताबारे थप विवरण आउन बाँकी छ। २०७२  साल पछिको ठूलो धक्का महसुस भएको हो। 

पश्चिम नेपालका जिल्लाहरु केही तराईका जिल्लाहरुमा समेत भूकम्पको धुक्का महसुस भएको स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा अनुभव लेखिरहेका छन्। 

Advertisement

Advertisement