पश्चिम नेपालमा गएको भूकम्पमा हालसम्म कम्तिमा १२९ जनाको मृत्यु, सयौं घाइते

Advertisement

काठमाडौं । पश्चिम नेपालमा शुक्रवार राति गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा १२९ जनाको मृत्यु भएको छ । 

शनिवार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्प प्रभावित धेरै दुर्गम क्षेत्रको विवरण अझै पनि आउन सकेको छैन् । 

Advertisement

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । 

घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ । भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बिहानै जाजरकोट पुगेका छन् । क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन । भूकम्पका कारण सडकमा क्षति पुग्दा र सुख्खा पहिलो जाँदा उद्दारमा समस्या भइरहेको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement