आरजु राइस मिलले भूकम्प प्रभावितलाई पाँच सय बोरा चामल वितरण गर्यो

Advertisement

काठमाडौं । पश्चिम नेपालका भूकम्प प्रभावितलाई आरजु राइस मिलले पाँच सय बोरा चालम वितरण गरेको जनाएको छ । गत शुक्रबार राति जाजरकोट र रुकुमलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको थियो । 

भूकम्पमा परी ठूलो जनशक्तिको क्षति भइरहेको बेला विभिन्न व्यवसायिक तथा गैरव्यवसायिक संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको बेला बुद्ध एयरको सञ्चालक वीरेन्द्रबहादुर बस्नेतको लगानी रहेको आरजु राइस मिलले चामल सहयोग गरेको हो । 

Advertisement

आरजु राइस मिलको चामलका प्रत्येक बोरा २० किलोका छन् । पाँच सय बोरा चामलको बजार मूल्य लगभग १२ लाख रुपियाँ पर्ने कम्पनीको भनाई छ । आधुनिक मेशिनबाट धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने काम हुन्छ । मेशिनले दैनिक चार टनसम्म धान कनिकारहित र धेरै धोईपखाली गर्नुनपर्नेगरी मिलिङ गर्ने कम्पनीको भनाई छ ।
 

Advertisement

Advertisement