डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’अन्तर्गत अर्को एक लाख विजेता घोषणा

Advertisement

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहोराले नगद रु एक लाख जितेका छन् । 

सोमवार भएको गोलाप्रथामार्फत डिशहोमले यस योजनाको अर्को बिजेताको रुपमा बोहोरालाई छनोट गरेको हो । डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो । 

Advertisement

यसअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता गोलाप्रथामार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीको भनाई छ । 

त्यस्तै यसै योजनाको बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्दै नगद रु दश लाख प्राप्त गर्नसक्ने, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुन्छ । गत असोज १ देखि सुरु भएको यो अभियान मंसिर पहिलो सातासम्म चल्नेछ । 

Advertisement

Advertisement