निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको हो । 

Advertisement

विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको उनले भनिन् ।

Advertisement

Advertisement