काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
सर्वसाधारणलाई बिक्री गरिएको ३० लाख कित्ता र संस्थापकहरुको ७० लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत गरिएको हो ।
नेप्सेमा सूचीकरण भएसँगै तिहारपछि शेयर बजार खुल्ने दिन मंसिर ४ गते सोमबारदेखि कम्पनीको कारोबार शुरु हुनेछ । रु. ९६.१४ देखि रु. २८८.४२ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।