धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि कमिटी गठन

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कमिटी गठन गरेको छ ।

प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशानुसार विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएका हो  । 

Advertisement

तीन सदस्यीय कमिटीमा​ नलबिक्रम थापा, अनिल बस्नेत र विमल खनाल रहेको क्यानले जनाएको छ । 

Advertisement

Advertisement