न्यू होराइजन बोर्डिङ स्कूलद्धारा विश्व कीर्तिमानी मिङ्मा डेविड सम्मानित

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी मिङ्मा डेविड शेर्पालाई ‘न्यु होराइजन इङलिस बोर्डिङ स्कूल’ ले सम्मान गरेका छ । 

आज धनुषा जिल्लास्थित उक्त स्कूलले आफनो रजत जयन्ती समारोहमा पूर्वमन्त्री रघुवीर महासेट र स्कूलकी अध्यक्ष सुनीता सिंह बुढाथोकीबाट शेर्पा ले सम्मान ग्रहण गरेका हुन् । 

Advertisement

शेर्पाले हालसम्म पाँच वटा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइ सकेका छन् । साथै उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ३३ पटक सफल आरोहण गरिसकेका छन् । 

नेपालको पर्यटन प्रवर्द्धन, स्की, स्काइ डाइभिङ, प्याराग्लाइडिङ, हिमाल आरोहणमा रुची राख्नुका साथै हिमाल आरोहणमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । ‘

उनले सात महादेशका अग्ला शिखरहरु मध्ये पाँच वटा हिमालहरु चढ्न सफल भइसकेका छन् । सातै महादेशका अग्ला शिखरमा मध्ये सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनालीको सफल आरोहण गरिसकेका छन् । अब उनले आरोहण गर्न बाँकी रहेका दुईवटा हिमालहरु कास्र्टेन्स पिरामिड र माउन्ट भिन्सन हुन् ।

Advertisement

Advertisement