प्रभु महालक्ष्मी लाइफद्वारा भूकम्प पिडितलाई रु १० लाख सहयोग

Advertisement

काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट केन्द्र विन्दु भई गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाएका नागरिकका आफन्तहरुलाई सहयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख रुपियाँ सहयोग गर्ने भएको हो । 

जाजरकोट जिल्लामा पछिल्लो समय भुकम्भको प्रभावका कारण ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग रकम बुझाएको कम्पनीका सीईओ रमेशकुमार भट्टराईले जानकारी दिए  ।

Advertisement

कम्पनीले एभरेष्ट बैंकमार्फत आफ्नो चेक भुक्तानी गरेको छ । 
 

Advertisement

Advertisement