हिमालयन एभरेष्ट इन्स्योरेन्सले बढायो ८८ लाख रुपियाँ नाफा

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालृु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच करोड ३४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले जम्मा चार करोड ५३ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो  ।

हाल कम्पनीको महाविपत्ती कोषमा पाँच करोड ६९ लाख रुपियाँ जम्मा भईसकेको छ भने बीमा कोषमा चार अर्ब ६ करोड रुपियाँ रहेको छ ।

Advertisement

पहिलो तीन महिनामा कम्पनीले ५४ करोड ७ लाख  रुपियाँ बीमाशुल्क संकलन गरेको कम्पनीले सार्वजनि गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ । 

अहिले कम्पनीको अर्निङ पर शेयर, प्रतिशेयर आम्दानी ९ रुपियाँ ३० पैसा रहेको कम्पनीको वित्तीय विवरणमा देखिन्छ ।

Advertisement

Advertisement