अर्थमन्त्री हुँदा स्टकको लाइसेन्स नदिएकाले मविरुद्ध गलत प्रचार गरियोः जनार्दन शर्मा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स नदिएकाले अहिले एक मिडियाले आफूविरुद्ध गलत प्रचार गरिएको बताएका छन् । 

भूकम्प पीडितको राहतको विषयमा समाचार आएपछि विज्ञप्ति जारी गर्दै उनले आफूविरुद्धको समाचार स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्छ’ भनी दिएको दबाबबाट सुरु भएको सुनियोजित षडयन्त्रपूर्ण समाचारको श्रृखलाको रुपमा आफूले लिएको बताएका छन् । 

Advertisement

शर्माले स्टक एक्सचेन्जको लाइसेन्स दिने अधिकार मन्त्रीको हातमा नरहेको बताउँदै प्रक्रियागतरुपमा अघि बढ्ने बताएपछि सम्वन्धित मिडियाका सञ्चालकले अनर्गल प्रचार गरेको र आफूविरुद्ध आधा दर्जन बढी सम्पादकीय समेत लेखेको आरोप लगाएका छन् । 

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रुकुमले पनि शर्माकै पक्षमा विज्ञप्ति जारी गर्दै सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाएको राहत सामग्रीको ट्रक नेता शर्माको निर्देशनमा सल्लीबजारमा मोडेर रुकुम पुर्याई आठविसकोट नगरपालिकामा वितरण गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ । 

यस्तो छ नेता शर्मा र जिप्रसा रुकुमको प्रेस विज्ञप्तिः 

undefinedundefined

Advertisement

Advertisement