गाडी दुर्घटनामा दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष घाइते

Advertisement

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटनामा परेको छ ।

सोही पालिकाको सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा बिहीबार दिउँसो दुर्घटना हुँदा उनी सामान्य घाइते भएका छन् भने चालक जयभान सिंह ठगुन्ना भने गम्भीर घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ । 

Advertisement

Advertisement