रुकुम पुगेर प्रधानमन्त्री दाहालले भने– नागरिकता कानुन ल्याएर जनतालाई न्याय दिलायौं

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा सरकार लागेको दाबी गरेका छन् । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा आइतबार आयोजित ‘मइँ छिउ सगराँत उत्सव’ उद्घाटनका क्रममा उनले सरकार सुशासनको पक्षमा लागेको देखेर भ्रष्टाचारीहरू आत्तिएको दावी गरे । 

यसैकारण सरकार विरोधीहरुले आफूफस्ने ठानेर सरकार र गठबन्धन भत्काउन अनेकन कोसिस गरिरहेको दाहालको जिकिर छ । उनले भने, ‘हाम्रो कामलाई मन नपराउनेहरु सल्बलाउने कोसिस गरिरहेका छन् । तर यो सरकार निडर भएर अघि बढ्छ । पाँच वर्षसम्म यो गठबन्धन रहन्छ ।’

Advertisement

प्रधानमन्त्री दाहालले समाजवादको आधार तयार गर्नका लागी सरकार र गठबन्धन दलहरु लागिरहेको दाबी गर्दै नागरिकता विधेयक र मिटरव्याजीका विरुद्धमा कानुन नै ल्याएर जनतालाई न्याय दिलाएको जिकिर गरे । रुकुमको विकासका लागि आफूले विशेष ध्यान दिने उनले प्रतिबद्धता पनि जनाए । 

दाहालले जलवायु परिवर्तनका कारण नेपालले आफूले नगरेको गल्तीको सजाय पाईरहेको बताउँदै भने, ‘जलवायु परिवर्तणका असरहरु कम गर्न अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराईएको छ । धनी देशले गरेको गल्तीको क्षति हामीले बेहोर्नु परिरहेको अवस्था छ । अब यसो हुन दिनु हुँदैन । यसकारण जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरुमा यो विषयलाई नेपालले जोडतोडका साथ उठाउनुपर्छ र उठाईन्छ ।’ 

उनले धनी देशका कारण जलवायु परिवर्तनको असर नेपाल जस्ता गरिब राष्ट्रले बेहोर्नु परिरहेको भन्दै ‘क्र्लाइमेट फन्ट’ बाट आफूहरुले क्षतिपूर्ती पाउनुपर्ने बताए । निर्माणधिन मध्यपहाडी राजमार्ग र शहिदमार्गको निर्माणमा भैरहेको ढिलाईमा आफ्नो ध्यानाकर्षण भएको दाहालले बताए । 

Advertisement

Advertisement