कुमारी बैंकको ‘गज्जबको बचत’ खाताः उच्च ब्याजसहित स्वास्थ्य बीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । 

न्युन्तम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च  ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै रु २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ । 

Advertisement

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले रु २०,०००।–  सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।  

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ । 

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको  महत्वपूर्ण साधनका रुपमा विकसित हुँदै आएका छन् । बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ ।  

बैंकले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 


 

Advertisement

Advertisement