शेयर बिक्रीको नाममा एनसेल ठेक्कामा, अबको ६ वर्षको नाफा आजियाटाले नै पाउने

Advertisement

काठमाडौं । एनसेल आजिआटा लिमिटेडको शेयर होल्डिङ कम्पनी आजियटा ग्रुप बर्नाडले ९९ अर्ब ६७ करोड ९९ लाख घाटा खाएर आफ्नो शेयर स्वामित्व बेलायती एक कम्पनीलाई बिक्री गरेको समाचार आज (शुक्रबार) बाहिर आयो । 

ठूलो रकम घाटा खाएर नाम मात्रैको बेलायती कम्पनीलाई शेयर बिक्री गर्नुले धेरै आशंकाहरु जन्माएको छ । आजियटाले सन् २०१६ मा एनसेलको माउ कम्पनी रेनोल्ड होल्डिङबाट एक अर्ब २६ करोड ५१ लाख डलर अर्थात (एक खर्ब ४६ अर्ब ६७ करोड)मा शेयर खरिद गरेको थियो । यो खरिदको आठ वर्षपछि ९९ अर्ब ६७ करोड ९९ लाख घाटा खाएर मलेसियन कम्पनी आजियटाले स्वामित्व बिक्री गरेको हो । 

Advertisement

उसले यसरी झन्दै एक खर्ब घाटा खाएर आफ्नो ८० प्रतिशत शेयर बिक्री गर्नुको अर्थ सिधै कर छली गर्ने र एनसेलमाथि अप्रत्यक्ष नियन्त्रण कायम राख्दै व्यापार पनि गर्ने उद्देश्य देखिन्छ । यदि खरिद गरेकोभन्दा बिक्री गरेको मूल्य बढी भएमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । 

आजियटाले एनसेलमा रहेको ८० प्रतिशत शेयर सबै बेलायती स्पेकट्रलाइट युकेलाई बिक्री गरेको दाबी गरेको छ । बाँकी २० प्रतिशत शेयर स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रा.लि.को रहेको छ जुन कम्पनी भावना सिंह श्रेष्ठको हो । उनका श्रीमान सतिशलाल आचार्य टेलिकम माफियाको रुपमा चिनिन्छन् । सिंगापुरमा बसेर नेपालमा व्यापार गर्दै आएका उनले बेलायतमा नाम मात्रैको कम्पनी खडा गरी आजियटाको शेयर उक्त कम्पनीले किनेको देखाएका हुन् ।  

एनसेलद्धवारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार आजियाटाले शेयर बिक्री गरे पनि सन् २०२९ सम्मको एनसेलको लाभांश उसैले लैजान पाउँछ । सो कुरा शेयर पर्चेज अग्रिमेन्ट (एसपीए)मा रहेको विज्ञप्तिमा उल्लेख छ । तर आजियटाले कति प्रतिशत लाभांश पाउने हो ? सो कुरा भने खुलाइएको छैन् । सहमतिअनुसार स्पेकट्रलाइट युकेले भने एनसेलको व्यापारबाट आएको मुनाफा आजियाटालाई बुझाउनु पर्नेछ । 

स्पेकट्रलाइट युके बेलायतमा भर्खरै (यसै बर्ष २०२३) मा खोलिएको कम्पनी हो जसमा आचार्यको लगानी रहेको स्रोतको भनाई छ । यसमा छद्मभेसी रुपमा आजियाटाकै स्वामित्व हुनसक्ने अनुमान पनि गरिएको छ । एनसेलनिकट स्रोतका अनुसार यो सम्झौता शेयर बिक्री नभई कम्पनी केही बर्षका लागि भाडामा दिएको जस्तो देखिन्छ । 

दूरसञ्चारसम्बन्धी ज्ञान समेत भएका ती चार्टर एकाउन्टेनले भने, ‘कम्पनीले व्यापार गर्नको लागि दलाल कम्पनी खडा गरेको जस्तो देखियो । सन् २०२९ सम्मको लाभांश लैजान पाउने शर्तमा शेयर बिक्री भएको भनेर प्रष्टरुपमा विज्ञप्तिमा नै लेखिएको छ । यो भनेको त कम्पनी बिक्री भन्दा पनि ठेक्कामा दिएको भन्न मिल्छ । ठेक्कामा दिएपछि त हरेक बर्ष निश्चित रकम फाइदा लिन पाइन्छ । एनसेलमाथि आफ्नो नियन्त्रण पनि कायम भइरह्यो ।’ 

उनका अनुसार नेपालमा करको मामिला मिलाउने जिम्मा आजियटाले अब दलाल (सतिशलाल आचार्य)लाई दिएको छ । उसले आफै धेरै तनाव नलिने रणनीति बनाएको जस्तो देखियो । अब आजियटाले खुरुखुरु कमाइको नाफा मात्रै लैजानेछ । प्रारम्भिक चरणमा उनीहरुले कागजी प्रक्रिया मात्रै टुंग्याएको देखिन्छ । यहाँको अदालत, नियामक, कानुनीलाई अटेर गर्दै एकपक्षीयरुपमा गरेको शेयर खरिद बिक्री कसरी मिलाउँछ ? हेर्नु बाँकी छ ।  

आजियटाको समेत यस संयुक्त प्रेस विज्ञप्तिमा उसले नेपालमा व्यापारमैत्री वातावरण नपाएको दावी गरेको छ । आजियटाले आफू नेपालबाट बाहिरिनुमा सरकारी नीति र कम्पनीको लाइसेन्स नवीकरणलाई देखाएको छ । दूरसञ्चार सेवाको रुपमा कम्पनीको लाइसेन्स सन् २०२९ मा सकिँदै छ । त्यसपछि यो कम्पनी सरकारको हुनेछ ।  

यो पनि पढ्नुहोस्ः

अदालत र प्राधिकरणलाई चुनौति दिँदै एनसेलको शेयर बेलायती कम्पनीलाई बिक्री

आफ्नो स्वीकृतिबिना एनसेलको शेयर खरीद बिक्री नगर्न आजियटा र सतिशलाई प्राधिकरणको निर्देशन

अदालतको आजको आदेशले आजियटालाई एनसेलको शेयर बिक्री गर्न रोकेको छः डा भण्डारी

आजियटालाई एनसेलको शेयर बिक्री सम्बन्धी उच्च अदालत पाटनको कारण देखाउ आदेश

एनसेलको शेयर सतिशलाललाई बिक्री गरेको देखाएर नियन्त्रण कायम गर्ने आजियटाको योजना

Court involvement to put a stop to defrauding foreign Exchange , Money Laundering by Axiata, Bhavana singh and Satish Lal

Advertisement

Advertisement