‘ग्राउण्ड ह्याण्डलिङ’ व्यवसाय जोगाउन नसक्ने निगमका अध्यक्षलाई कार्यालय छिर्न दिइएन्

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राण्ड ह्याण्डलिङ’ व्यवसाय जोगाउनुको सट्टा गुमाउने परिस्थिति सिर्जना गरेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध आन्दोलन सुरु गरेका छन् । 

नेपाल वायुसेवा निगम कर्मचारी संघले आन्दोलन सुरु गर्दै अधिकारीलाई कार्यालय छिर्न दिएनन् । तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै कर्मचारीहरु अधिकारीविरुद्ध आन्दोलित भएका हुन् । 

Advertisement

आज (आइतबार) निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्ष अधिकारीलाई प्रवेश निषेध गरेको बताउँदै संघले निगमको आम्दानीको प्रमुख स्रोत ‘ग्राउन्ड ह्यान्डलिङ’ भूमिस्थ प्रबन्ध सेवा जोगाउन नसकेकोले उनको बहिर्गमनको माग गर्नुपरेको बताएको छ । 

सरकारले भागबण्डाका क्रममा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अधिकारीलाई नियुक्ति गराउन सफल भएका थिए । अधिकारीलाई नियुक्ति गरेवापत खनालले ७० लाख रुपियाँ घुस लिएको निगमका कर्मचारीहरुको आरोप समेत छ । 

Advertisement