राष्ट्रिय जीवन बीमा कम्पनीमा सहायक प्रशासक श्रेष्ठलाई पदमुक्त नगर्न अल्पकालिन आदेश

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालिन राष्ट्रिय बीमा संस्थान)का सहायक प्रशासक कृष्णकुमार श्रेष्ठलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । 

संस्थानलाई कम्पनीमा रुपान्तरण गर्दा पदमुक्त हुने भनिएपछि सहायक प्रशासक श्रेष्ठ अदालत गएका थिए । न्यायाधीश नहकुल सुवेदीको इजलाशले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनेनदिने सम्वन्धमा पुस १ गतेलाई पेश तोक्दै अहिलेलाई श्रेष्ठलाई पूर्ववतरुपमा कामकाग गर्न दिन अल्पकालिन आदेश दिएको हो । 

Advertisement

आदेशमा भनिएको छ, ‘निवेदक कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ को दफा ६ को उपदफा (१) र (२) बमोजिम मिति २०७८–३–२८ मा तीन बर्षको लागि बीमा संस्थानको सञ्चालक तथा सहायक प्रशासकमा नियुक्ती भएको देखिएको र उक्त पदावधि नसकिँदै बीमा ऐन २०७९ ले साविकको ऐनलाई खारेज गरेको अवस्थामा सो ऐनको दफा १७२ को उपदफा ३ को देहाय (ख) को कानुनी व्यवस्थाको आधारमा अन्तरिम आदेशका सम्वन्धमा छलफल भई टुंगो नलागेसम्म निवेदकलाई सहायक प्रशासक समेतको पदमा यथावतरुपमा कामकाग गर्न वाधा नगर्नु, नगराउनु भनी प्रत्यार्थीको नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालिन आदेश जारी गरिदिएको छ ।’ 

Advertisement

Advertisement