Advertisement

काठमाडौं । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि यही क्षेत्रमा नयाँ गन्तव्य थप्पिएको छ । सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुमध्ये धेरै सौराहा थारु भिलेजमा गएर फर्किने क्रम बढेर गएको छ । 

यो भिलेजमा थारुहरुको संस्कृति र कला हेर्न र रमाउन सकिने भएकाले  पर्यटकहरु रोजाइमा पर्न थालेको हो । सौराहा थारु भिलेज थारु गाउँको पर्याय बनेको छ । सौराहा नयाँ कुराको अनुभव गर्ने क्रममा जंगल सफारी, थारु परिकार, राप्ती नदिको किनारमा बसेर आनन्द लिने जस्तै थारु कला र संस्कृति हेर्न थारु भिलेज नयाँ विकल्प बनेका छ । 

Advertisement

समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रश्तुत गर्दै पर्यटकहरुलाई आकर्षित बनाउने प्रयास गरिन्छ । सौराहा नेपालकै लोकप्रिय पर्यटकीय गन्तव्यमा पर्दछ । 

दोस्रो पटक थारु संस्कार र संस्कृति हेर्न पुगेकी लक्ष्मी निरौलाले संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताइ्रन् । उनले थारु गाउँको संस्कृति, संस्कार र सांस्कृतिक पर्यटकको सम्भवाना चितवनस्थित सौराहा थारु भिलेजले देखाएको बताइन् । 

त्यस्तै, ललितपुरबाट आफ्ना विद्यार्थीहरुलाई लिएर चितवन पुगेका दिनेश रावल विद्यार्थी र बालबालिकाहरु अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरि संस्कार र संस्कृति बुझाउन यस्त गन्तव्यहरु महत्वपूर्ण हुने बताए । उनले यस्ता क्षेत्रहरु मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने बताए । 

पर्यटन व्यवसायी रञ्जन भण्डारीले चितवन थारुको पहिचान स्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारु भिलेजले उनीहरुको संस्कार र संस्कृति बचाइरहेको बताए । थारु गाउँहरु लोप हुँदै जाँदा उनीहरुका संस्कार र संस्कृतिहरु थारु भिलेजमा सहजै देख्न पर्यटकहरुले पाउने उनको भनाई छ । 

भण्डारीले चितवनको आदिवासीको पहिचानसँगै स्थानीय थारु समुदायलाई भिलेजले रोजगारी दिएको बताए । उनले संस्कार र संस्कृति जोगिनुका साथै यस्ता कामले पर्यटनमा पनि ठूलो योगदान पुगिरहेको बताए । 

सौराहा थारु भिलेजका सञ्चालक मधुसुदन सिलवाल थारु समुुदायको परम्परा, संस्कृति र संस्कार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदे गएको बताए । उनले थारुको बाहुल्य भएको ठाउँ चितवनमा थारु संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारु भिलेजका रुपमा अघि बढाइ संस्कृति र संस्कार जोगाउने काममा लागेको बताए । 

भिलेजमा स्थानीय ५२ चौधरीलाई रोजगारी दिएको र अझै १५० जनासम्मलाई रोजगारी दिने आफ्नो योजनाअनुसार काम गरिरहेको सिलवालले बताए । उनले ढिँकीमा कुटेको चामल, जाँतोमा पिँधेको दाल, तोरी कोलमा पिँधेको तेलहरु विदेशमा पठाइ अर्गानिक खाना दिने सोचअनुसार काम गरिरहेको बताए । 

एक वर्षअघि ७ करोड लगानीमा शुरु गरिएको थारु भिलेजमा थारु संस्कृतिका सामग्री र खानाको परिकार पाइन्छ । यो झन्डै तीन विघा क्षेत्रफलमा बनाइएको छ । आशिष अधिकारी÷अनिष अविरल÷नान

Advertisement

Advertisement