वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छः मन्त्री साउद

Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् । 

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे ।  

Advertisement

मन्त्री साउदले भने, “वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।” सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो । 

क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताउनुभएको थियो । क्यानडा–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए । 
 

Advertisement

Advertisement