विद्युत प्राधिकरणले अर्को एक उद्योगको पनि लाइन काट्यो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ । 

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो । उद्योगको नाममा जरिवाना जोड्दै  मङ्सिरसम्म ४३ करोड २४ लाख रुपियाँ बक्यौता पुर्याइएको छ । 

Advertisement

प्राधिकरणले हालसम्म २४ वटा उद्योगको लाइन काटिसकेको छ । ती उद्योगमा लाइन काट्दा हजारौं मजदुर तथा कर्मचारीको रोजगारी अहिले संकटमा परेको छ । 

‘उद्योगहरु बन्द गर्दै जाँदा केही समयमा प्राधिकरणका कर्मचारीले तलब नपाउने अवस्था आउँछ’

Advertisement

Advertisement