जनतामा निराशा छायोः राष्ट्रपति पौडेल

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको तर्क गरेका छन् । माघी पर्वको दिन नेताहरुलाई बोलाएर उनले संविधान कार्यान्वयन गर्न सुझाव पनि दिए । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्नुपर्ने पौडेलको भनाई थियो । जनतामा छाएको निराशालाई आशामा परिणत हुनेगरी दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए । 

Advertisement

आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई शितल निवासमा बोलाएका थिए । संघीय गणतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरुले गर्नुपर्ने बताउँदै पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरुले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गरे । 

उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष, गणेश तिमिल्सिना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिसमशेर राणालगयतका नेता शितल निवास पुगेका थिए । पछिल्लो समयमा गणतन्त्रवादी दलहरुप्रति जनताको वितृष्णा बढ्दै गएको छ भने राजा ज्ञानेन्द्रको लोकप्रियता बढ्दै गएको छ ।

Advertisement

Advertisement