शेयर बजारमा २५.६३ अंकको गिरावट, हिमालयन रि-इन्स्योरेन्सको उच्च कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । नेप्से तल झरे पनि साढे ७ अर्ब बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.६३ अंकले तल झरेको हो । १.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३०.१८ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि आँखुखोला जलविद्युत, समाज लघुवित्त, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९७, ९.९७, ९.९४ र ९.७८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सीईडीपी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२७ प्रतिशतले नाफा कमाएका छन् । 

आज पनि हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ७९ लाख १० हजार २ सय ४१.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement