बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

Advertisement

बाँके । कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । 

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र नं ५ ख ८५६६ नम्बरको ट्रक पर्वतीपुरस्थित आपसमा ठोक्किएका थियो । दुर्घटनामा परी ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Advertisement

मिनीबसमा सवार रुकुमपश्चिम सानोभेरी गाउँपालिका–३ चौकी बस्ने लोकेन्द्र बिक र उनकी श्रीमती रमकला बिक घाइते भएका छन् । 

Advertisement

Advertisement