ओलीका भाषणहरु समावेश ‘संसदमा केपी ओली’ नामक पुस्तक लोकार्पण विद्या भण्डारीबाट

Advertisement

काठमाडौं । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा गरेका  सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको  पुस्तक लोकार्पण गरेकी हुन् । 

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दियन् । यसमा २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
 

Advertisement

Advertisement

Advertisement