सञ्चालनमा आयो बजगाइँको ‘वर्णवास’ म्युजियम लक्जरी होटल, एक अर्ब १६ करोड लगानी

Advertisement

काठमाडौं । राजधानीको बालुवाटारमा निर्माण गरिरहेको म्युजियम लक्जरी होटल ‘वर्णवास’  सञ्चालनमा आएको छ । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाले बिहीबार होटलको उदघाटन गरे । 

पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाइँको यो होटल पाँच तारे अनुमति लिने जानकारी दिए । उनले भने, ‘होटलको सफ्ट ओपनिङ यसअघि नै गरिसके पनि आजबाट औपचारिक उद्घाटन गरि पूर्ण रुपमा सञ्चालनमा ल्याएका हो ।’ 

Advertisement

‘वर्णवास’  होटलमा ४८ कोठा छन् । एक अर्ब १६ करोड लगानीमा निर्माण भएको जनाइएको यो होटल करिब दुई रोपनी क्षेत्रफलमा रहेको छ । साढे ९ तल्लाको लक्जरी बुटिक होटलमा १८ प्राइभेट ज्याकुजी छन् । 

होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने खाले भेषभूषा र ग्यालरी राखिएको छ । भवनको चुचुरोलाई सगरमाथाको आकृति दिइएको छ । 

Advertisement

Advertisement