गत वर्ष घाटामा रहेको लक्ष्मी लघुवित्तले कमायो २ करोड रुपियाँ खुद नाफा

Advertisement

काठमाडौं । लक्ष्मी लघुवित्तले २ करोड १५ लाख २२ हजार रुपियाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले सोबराबर नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ४० लाख ९ हजार रुपियाँ नोक्सानमा थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढेको हो । गत आवको सोही अवधिमा २ करोड ४० लाख ७८ हजार रुपियाँ सञ्चालन नोक्सान व्यहोरेको कम्पनीको सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपियाँ पुगेको छ । 

Advertisement

त्यस्तै, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख ३९ हजार रुपियाँमा सीमित भएको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपियाँ, प्रतिशेयर आम्दानी ९.७५ रुपियाँ र प्रतिशेयर नेटवर्थ १६५.३५ रुपियाँ छ । त्यस्तै, कम्पनीको खराब कर्जाचाहिँ ९.६३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।  

Advertisement

Advertisement