काठमाडौं । पर्यटन व्यवसायीहरुको संस्थाले नेपाल पर्यटन बोर्डमा आफूहरुको हिस्सेदारी खाजेका छन् । पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले बोर्डमा हरेक संगठनका अध्यक्ष पदेन सदस्य बनाउनुपर्ने शर्त अघि सारेका हुन् ।
यसअघि होटल एशोसियन अफ नेपाल (हान) र पोखराका पर्यटन व्यवसायीहरुको तर्फबाट यस्तो हिस्सेदारी माग गरिएकोमा आइतबार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिजले यस्तो माग अघि सारेका हुन् ।
यस्तो छ उनीहरुमो पत्रः
माननीय मन्त्रीज्यू,
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम नेपाल सरकारबाट २०५५ मा स्थापित नेपाल पर्यटन बोर्ड समग्र नेपालको पर्यटन व्यवसायहरुको विकास र विशेषतः प्रवर्धनको प्रमुख सरोकारवाला निकाय हो । विश्वभरका विभिन्न देश, शहर तथा क्षेत्रका श्रोत बजारहरुको पहिचान गरी सशक्त एवं प्रभाबकारी बजारीकरणमार्फत पर्यटकहरुको संख्यात्मक वृद्धि गर्ने र पर्यटन उद्योगको गुणात्मक विकासलाई दिगो विकासमा रुपान्तरण गर्न नेपाल पर्यटन बोर्डको प्रभावकारीता अत्यावश्यक रहेको छ । अझ उत्पादन विस्तार र आर्थिक विकासमार्फत राष्ट्रिय समुन्नति प्राप्तिका लागि समस्त पर्यटन क्षेत्रको उपादेयता नेपालको सन्दर्भमा विशिष्ट, अतुलनीय छ ।
यसै सम्बन्धमा, नेपाल पर्यटन बोर्ड ऐन, २०५३ दफा ९ को उपदफा (२) को खण्ड (छ) मा पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राक्तिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित निजी क्षेत्रका विशेषज्ञमध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनित गरेका ५ जना सदस्य समेत रहने गरी ११ सदस्यीय बोर्डको कार्यकारी समिति रहने व्यवस्था भएको र सार्वजनिक निजी साभेदारीको सिद्धान्त बमोजिम नेपाल पर्यटन बोर्डको उद्देश्य प्राप्तिका लागि आवश्यक कार्यक्रमहरु सुव्यवस्थित रुपले सन्बालन गर्न, गराउन तथा बोर्डका सम्पूर्ण काम कारबाहीहरुको रेखदेख तथा प्रवन्ध गर्ने सदस्यहरुमध्ये ३ जना निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्ने सदस्यहरुको पदावधि समाप्त हुन गइरहेको सम्बन्धमा उक्त ऐनको दफा १० को व्यवस्था अनुसार हाल श्रीमान् सहसचिवज्यूको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले पर्यटन बोर्ड कार्यकारी समिति सदस्य नियुक्तिका लागि नियुक्ति प्रक्रियाको कार्य प्रारम्भ गरिरहेको एवं नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको समेत पदावधि समाप्त भई नेपाल पर्यटन बोर्ड नियमावली, २०५५ को परिच्छेद ३ बमोजिमका शर्तहरुको अधीनमा रही नयां कार्यकारी प्रमुख निश्क्ति गर्नुपर्ने भएकोले हामी पर्यटन व्यवसाय संग सम्बन्धित प्रमुख संघ संस्थाहरुले संयुक्तरुपमा माननीयज्यू समक्ष यो निवेदन गरेका छौ ।
नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरुमध्ये पूर्ण रुपले जवाफदेही तथा यसको अपनत्व अनिवार्य छ । पर्यटन क्षेत्रमै सक्रिय रहेका र निजी क्षेत्रबाट सदस्य हुने व्यक्ति निजी क्षेत्रप्रति पर्यटन बुझेको व्यक्तिले मात्रै नेपाल पर्यटन की बात समितिमा रही सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने हाम्रो भनाई रहेको छ । यसर्थ, अब हुने नियुक्तिको लागि सिफारिस सदस्यहरु योग्य, दक्ष र व्यवसायिक नेतृत्व क्षमतामा अब्बल हुन् पर्दछ। साथै समग्र पर्यटन व्यवसायको माग बमोजिमका कार्ययोजना बनाई लागू गर्न सक्ने, नेपालको पर्यटन क्षेत्रमा दिर्घकालिन एवं सकारात्मक प्रभाव ल्याउन सक्ने तथा विश्व पर्यटन बजारबाट लाभ उठाउनको लागि निजी क्षेत्रको आवश्यकता बमोजिमका नीति, नियम र कार्यक्रमहरु लागू गर्न सक्रियतापूर्वक नेतृत्व प्रदर्शन गर्न सक्ने सदस्यहरुको नियुक्ति होस् भनी हामी विशेष अनुरोध गर्दछौ ।
यसर्थ, सहकार्य साझेदारी सहभागितामा आधारित रहेको नेपाल पर्यटन बोर्डको स्थापनाको मर्म र संचालनको कार्यदिशाअनुरुप विगतका केही नियुक्तिहरु व्यवसायिक र पेशामुखीभन्दा पनि राजनीतिक एवं व्यक्तिगत खालका भएको परिवेशमा अब पनि सोही किसिमका नियुक्तिहरुले निजी क्षेत्रको भावना सम्बोधन नहुने र निजी क्षेत्र झनै उदासिन हुनसक्ने अवस्था सिर्जना हुने भएकोले समस्त पर्यटन क्षेत्रलाई व्यवसायिक, उर्जाशील, चलायमान र उत्पादनशील बनाउनका लागि नेपाल पर्यटन बोर्डमा व्यवसायिक, जिम्मेवार, जबाफदेही र निजी क्षेत्रमैत्री सदस्यहरुका साथै प्रमुख कार्यकारी अधिकृतको चयनमा विशेष भूमिका प्रदान गरिदिनुहुनेछ भन्ने अपेक्षासहित पर्यटन बोर्डलाई अझ सक्षम एवं गतिशील बनाउनका लागि प्रत्यक्षरुपले पर्यटन क्षेत्रमा कार्यरत राष्ट्रिय छाता संगठनहरुको संस्थाका अध्यक्षहरुलाई नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यको पदेन सदस्य हुने गरी सदस्यता प्रदान गर्नुहुन माग गर्दछौं ।
बोधार्थ,
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौ
श्रीमान सचिव डा. दीपक काफ्लेज्यू संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सिंहदरबार, काठमाडौं
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल
नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज