उद्योग संगठन मोरङ ५६औं वर्षमा प्रवेश

Advertisement

काठमाडौं । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरियो । 

स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पछिल्लो दिनमा संगठनले अध्ययन अनुसन्धानका आधारित नीतिगत बहस पैरवीलाई जोड दिँदै उद्यमशिलता प्रवद्र्धनको ‘इको सिस्टम’ विकासमा क्रियाशिल रहेको वताए । उनले उद्यमशिलता विकासमा आफनो भविष्य बनाउन चाहने आर्थिक रुपमा कमजोर लगनशिल र मेहनती एकजना विधार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम.वि.ए अध्ययन गर्न पूर्ण छात्रवृत्रि प्रदान गर्ने घोषणा गरे । 

Advertisement

उनले उक्त विद्यार्थीलाई संगठन अन्तर्गतको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा समावेश गरि उद्यमशिलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने वताए । 

संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनै पनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै पूर्वको औद्योगिक विकास, लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगतदेखि पुर्याउदै आएको योगदानलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । 

मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले ब्यापार संघ र संगठनले उद्योगी व्यवसायीहरुको राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दै आएको बताए । अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनले बताए । 
 

Advertisement

Advertisement