आजको मौसम : गण्डकीसहित कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका थोरै स्थानमा हुस्सु लागेको छ।

Advertisement

आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। 

त्यसैगरी, राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

Advertisement

Advertisement