इजरायली प्रत्याक्रमणमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

Advertisement

काठमाडौं । गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ । 

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २०५ जना घाइते भएको मन्त्रालयले जनाएको छ । बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेष मुनि रहेको उल्लेख गरिएको छ । 

Advertisement

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ । जसमा करिव १ हजार २ सय मानिसहरू मारिएका थिए । दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए । सिन्ह्वा–नान

Advertisement

Advertisement