आजको मौसम : गण्डकीसहित यी प्रदेशमा वर्षा र हिमपात

Advertisement

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ।

Advertisement

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने बताइएको छ । 

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । 

सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement