दोस्रो भुटान जिता–क्योइ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा नेपाललाई ३ स्वर्णसहित ५ पदक

Advertisement

काठमाडौं । नेपालले दोस्रो भुटान जिता क्योइ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ । नेपालले जुडोमा ३ स्वर्णसहित ५ पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको एभरेष्ट जुडो क्लब अध्यक्ष दावा गल्जेन शेर्पाले बताए ।  

एभरेष्ट जुडो क्लब अध्यक्ष शेर्पाका अनुसार भुटानको थिम्पुमा भएको दोस्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जितेको छ । पुरुष ६० केजी तौल समूहमा अन्तर्गत काशीराम महवतले स्वर्ण जितेका छन् भने पेम्बा दोर्गी शेर्पाले रजत पदक जितेका छन् । 

Advertisement

त्यस्तै महिला ५७ केजी तौल समूहमा पेमा याङ्जी शेर्पाले स्वर्ण र बन्दना कुलुङले रजत पदक जितेका छन् । त्यसैगरी महिला ४४ केजी तौल समूहमा दिपाकुमारी कत्रीले स्वर्ण पदक जितिन् ।

विजय गुरुङको नेतृत्वमा रहेको र पासाङ टेम्बा शेर्पाको नेतृत्वमा रहेको प्रशिक्षक टोलीले नेपालले जितमा महत्वपूर्ण भूमिका खेलेको थियो । खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले दोस्रो भुटान जिता–क्योई अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको टुर्नामेन्ट निर्देशकको रूपमा काम गरेका हुन । 

प्रतियोगितामा नेपालतर्फबाट प्रबन्धकको रुपमा गएका शेर्पाले भने, ‘सोलुखुम्बुमा एभरेष्ट जुडो क्लब भन्ने छ । एभरेष्ट जुडोमार्फत तीन जना जुडो खेलाडी र नेपालगञ्जमा रहेको मङगोलियन जुडो क्लबबाट दुई जना गरी नेपालबाट ५ जना सहभागी भएका थियौं । नेपालले जुडो प्रतियोगितामा राम्रो प्रस्तुती दियो थियो ।’ 

null

Advertisement

Advertisement