सिटिजन्स बैंकद्वारा ‘रियल टाइम फिक्स डिपोजिट योजना’ सार्वजनिक, घरमै बसेर खाता खोल्न मिल्ने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले रियल टाइम फिक्स डिपोजिट योजना सार्वजनिक गरेको छ ।

यो योजना अनुसार ग्राहक आफैंले ल्यापटप/कम्प्युटर र आफ्नो मोबाइलबाट घरमा बसिबसि मुद्दती खाता खोल्न सकिन्छ ।

Advertisement

यो खाता खोल्न सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङ एप लग इन गर्नु पर्नेछ । त्यसपछि मोर अप्सनमा क्लिक गरी फिक्स डिपोजिट लेखिएको स्थानमा क्लिक गर्नु पर्नेछ । 

त्यहाँ विभिन्न योजनामा टाइपहरु देखिने छ । ती योजना मध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना रोज्न सकिने छ । त्यसपछि आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नु पर्नेछ । 

यी सबै गरेपछि आफ्नो इमले ठेगाना भरेर प्रोसिडमा क्लिक गर्नु पर्नेछ । आफूले भरेका कुरा ठीक भए नभएको जाँच गरी ठीक भएमा उपलब्ध गराइएको इमेल ठेगानामा मुद्दती खाता सञ्चालक भएको सन्देश बैंकले पठाउने छ । 

ग्राहकले मुद्दती खातामा जम्मा गर्न चाहेको रकम बचत खातामा रहनु अनिवार्य रहेको बैठकले जनाएको छ ।

 
 

Advertisement

Advertisement