इमरान समर्थक साँसदहरुलाई बाहिर राखेर पाकिस्तानका पूराना ठूला दलहरु सरकार बनाउन एक

Advertisement

काठमाडौं । पाकिस्तानका दुई प्रमुख राजनीतिक दलहरू पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्रमा गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् । 

मंगलवार राति उक्त सहमति जुटेको हो । राष्ट्रिय सभामा सरकार गठनका लागि आवश्यक संख्यामा सिटहरू भएकाले दुवै दल शक्ति बाँडफाँडको सूत्रमा सहमत भएका छन् । पीएमएल–एनका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शाहबाज सरिफले संयुक्त पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए । 

Advertisement

दुई पार्टीबीचको केही दिनको वार्तापछि प्रधानमन्त्री पदका लागि शरीफलाई दुवै दलले संयुक्त उम्मेदवार बनाउने र पीपीपीका सहअध्यक्ष आसिफ अली जर्दारीलाई राष्ट्रपतिको संयुक्त उम्मेदवार बनाउने निर्णय भएको छ । 

शरीफले सय भन्दा बढी सिट प्राप्त गरेर बहुमतमा विजयी भएका स्वतन्त्र उम्मेदवारहरूलाई सरकार गठनका लागि आमन्त्रित गरिएको थियो । तर उनीहरूले आवश्यक संख्या हासिल गर्न सकेनन् । अन्य पार्टीहरू जस्तै मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान, पाकिस्तान मुस्लिम लिग, र इस्तेहकाम–ए–पाकिस्तान पार्टीले सरकार बनाउने प्रयासमा पीएमएल–एन र पीपीपीलाई समर्थन गरेको छ । 

गठबन्धन सरकारका लागि अबको बाटो चुनौतिपूर्ण हुनेकुरा स्वीकार गर्दै सरिफले गठबन्धनले मिलेर अवरोधको सामना गर्न र त्यसलाई पार गर्न तयार रहेको बताए । मुलुकलाई जारी संकटबाट बाहिर निकाल्न आगामी सरकारले मिलेर काम गर्ने बताउँदै उनले डेलिभर गर्नसक्ने विश्वास व्यक्त गरे । 

सो अवसरमा बोल्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले पीपीपी र पीएमएल–एन बीचको मुख्य संवैधानिक कार्यालयहरूको बाँडफाँडको विवरण आगामी दिनमा घोषणा गरिने बताए । पाकिस्तानका चुनौतिहरुलाई सम्बोधन गर्न सफल हुने आशा व्यक्त गर्दै पीपीपी अध्यक्षले पीएमएल–एनसँग गठबन्धन सरकार गठनका लागि पीपीपीको राजनीतिक गठबन्धनको समाचारले बजारबाट सकारात्मक प्रतिक्रिया आउने र स्थायित्व आउने बताए । 

यसअघि, पाकिस्तानको निर्वाचन आयोगले आगामी फेब्रअरी ८ मा भएको आमनिर्वाचनपछि राष्ट्रिय सभाका २६६ सिटमध्ये २६५ सिटको नतिजा सार्वजनिक गरेको थियो । जसमा कुनैपनि राजनीतिक दलले साधारण बहुमत ल्याउन सकेका थिएनन् ।

पाकिस्तानका लोकप्रिय नेता इमरान खानलाई विभिन्न मुद्दा लगाएर बर्षौंका लागि जेल हाल्दै उनको पार्टीलाई अवैध बनाएपछि हालै गरिएको नाम मात्रको चुनावमा पनि खान समर्थक एकसयभन्दा धेरै स्वतन्त्र साँसदहरु विजयी भएका थिए । इमरान खानलाई पाखा लगाउन र चुनावको धाँधली गर्न स्वयम पाकिस्तानी सेना समेत लागिपरेको थियो । चुनावको दिनमा मोवाइल सेवा समेत बन्द गरिएको थियो । 
 

Advertisement