पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो । 

Advertisement

मन्त्रालयले आइतवार ५ सदस्यीय समितिको सदस्यहरुमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनि सल्लहकार हरिनाथ ढकाल, मन्त्रालयको उप सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव राजु केसी रहेका छन् । गुठी र क्षेत्र विकासकोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।

काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्रविकास कोषले काम अगाडि बढाईसकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिनै सकिएको छ । पशुपतिनाथको नाममा देशभरनै जग्गाहरु रहेका छन् यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको मन्त्री सुदन किरातीले बताए ।  

Advertisement

Advertisement