इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

Advertisement

काठमाडौं । निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख १५ गते हुने जनाएको छ । 

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो । 

Advertisement

निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ ।

Advertisement

Advertisement