काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै छ । यसैक्रममा फेब्रुअरी महिनामा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ९७ हजार ४ सय २६ जना पर्यटक भित्रिएका छन् भने ८८ हजार एक सय ४६ जना पर्यटक बाहिरिएका छन् ।
सबैभन्दा बढी भारतीय पर्यटक २५ हजार ५ सय ७८ जना नेपाल आएका छन् । साथै चिनियाँ पर्यटक ९ हजार एक सय ८०, अमेरिकी पर्यटक ९ हजार ८९, थाइल्याण्डबाट चार हजार ७ सय ९९ जना पर्यटक नेपाल आएका छन् ।
बङ्गलादेशबाट ४ हजार ९९, अष्ट्रेलियाबाट २ हजार ९ सय ७६, बेलायतबाट ४ हजार ५ सय ७१, श्रीलंकाबाट ३ हजार ६ सय ८४, म्यानमारबाट दुई हजार ९ सय २१ र जर्मनीबाट दुई हजार ४ सय ९४ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना, सन् २०२२ को फेब्रुअरी महिनामा १६ हजार ९ सय ७५, सन् २०२१ को फेब्रुअरी महिनामा ८ हजार ८ सय ७४, सन् २०२० को फेब्रुअरी महिनामा ९ हजार २ सय ६६, सन् २०१९ को फेब्रुअरी महिनामा एक लाख दुुई हजार चार सय २३ जना पर्यटक नेपाल भित्रिएका थिए ।