काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि दैनिक चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सोही प्रयोजनका लागि फागुन १६ गतेदेखि दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।
प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेस्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।
यस्तै, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्रतिकूल अवस्था नभएको खण्डमा भने विद्युत सेवा नियमित हुने प्राधिकरणले जनाएको छ ।