महालक्ष्मी विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । 

बैंकले ग्लोबल मनि वीकको अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रशारण गरेको छ ।

Advertisement

बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु,  किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि विषयवस्तुमा जानकारी गराइएको छ ।

undefined

Advertisement

Advertisement