काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले ६२ हजार कित्ता शेयर मंगलबारदेखि बिक्रीमा राखेको जनाएको हो ।
शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने बताइएको छ ।