आईटी सेवा निर्यात गर्ने कम्पनीलाई विदेशमा शाखा खोल्न दिइने

Advertisement

काठमाडौं । सफ्टवेयर वा सूचना प्रविधि सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीलाई विदेशमा शाखा कार्यालय तथा इकाई खोल्न दिइने भएको छ । सरकारले विद्युतीय कारोबार कारोबार ऐन, २०६३ को संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गरेर सोमबार मात्रै अध्यादेशमार्फत नौ ऐन संशोधन गर्ने निर्णय गरेको छ । त्यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण हुन भने बाँकी छ । त्यसमा विद्युतीय कारोबार ऐन पनि संशोधन गरिएको छ । 

Advertisement

‘नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम नेपालमा भित्र्याउने प्रयोजनका लागि विदेशमा शाखा कार्यालय वा इकाई खोली व्यापारिक कारोबार गर्न आवश्यक भई सम्बन्धित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले सो कुराको पुस्ट्याइँ गर्ने कागजातसहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा इकाई खोल्नको लागि अनुमति दिनेछ,’ संशोधित मस्यौदामा भनिएको छ । 

यस्तै, मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले विदेशमा शाखा कार्यालय वा इकाई स्थापना गर्ने कम्पनीलाई आवश्यक विदेशी मुद्रा सटहीको सुविधा एकपटक दिन सक्ने व्यवस्था गरिएको छ । 
 

Advertisement