साधना लघुवित्तको खुद नाफा ह्वात्तै बढ्यो, ईपीएस कति ?

Advertisement

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्को वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।

समीक्षाअ अवधिमा लघुवित्तले ६ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

चालू आवको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी २१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.९७ प्रतिशतले बढेको छ ।

लघुवित्तको एनपिएल भने ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ । यही कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । तेस्रो त्रैमाससम्म लघुवित्तको यस्तो आम्दानी १६.७७ रुपियाँबाट बढेर २१.३५ रुपियाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.८ रुपियाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७.६६ रुपियाँ रहेको छ ।

३८ करोड २२ लाख रुपियाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १८ करोड ३७ लाख रुपियाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement