बालेनले सञ्चालनमा ल्याए फल्चा शैलीको आकर्षक बस बिसौनी, अरु पनि बनाउँदै जाने

Advertisement

काठमाडौं । राजधानी काठमाडौमा फल्चा शैलीको आकर्षक बस बिसौनी सञ्चालनमा आएको छ । नेपाली मौलिक कला संस्कृति झल्किने यो बस बिसौनी नयाँ बानेश्वरमा सञ्चालनमा आएको हो । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको मौलिकता झल्किने गरी विकास गर्ने प्रतिवद्धताअनुसार यसको सुरुवात गरेको जनाएका छन् । पहिलो बस बिसौनीको मंगलबार काठमाडौंको वडा नं. १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गरे । 

Advertisement

Advertisement

Advertisement