विकास ऋणपत्रमार्फत नौ वर्षका लागि नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Advertisement

काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्रमार्फत ९ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र–२०९० जारी गर्न लागेको हो । 

२०८१ कात्तिक ८ गते जारी हुने विकास ऋणपत्र आगामी २०९० कात्तिक ८ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संघ संस्था तथा नेपाली नागरिकल यस विकास ऋणपत्रमा सहभागि हुन सक्नेछन् । 

Advertisement

दीर्घकालीन लगानीको रुपमा रहने यस्तो ऋणपत्रको ब्याजदर बोलकबोलको आधारमा कट अफ रेट प्रणालीबाट निर्धारण गरिने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६/६ महिनामा ब्याज पाउनेछन् । 
यस्तोल ऋणपत्र आवश्यक पर्दा बैंक धितोको रुपमा समेत राख्न सकिनेछ । 
 

Advertisement

Advertisement