घरेलु महासंघद्वारा अग्निपिडित ग्रील ब्यवसायीलाई राहत प्रदान

Advertisement

काठमाडौं । जेठ १० गते मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागि हुँदा घर तथा घरमा सञ्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नष्ट भएको छ ।  

घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना लगायत सबै सामनहरु जलेर नस्ट भएको छ । ग्रील तथा स्टील ब्यवसायी संघ मोरङका पूर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबंशीलाई तत्काल राहत पुग्ने गरी नेपाल घरेलु तथा साना उद्योग महासघ मोरङ शाखाको पहलमा अध्यक्ष चेतन  निरौलाले नगद रु. ४५५००/– प्रदान गरेका हुन् ।

Advertisement

महासंघमा आवद्ध ब्यवसायीहरुलाइ संकट परेको बेला र  ब्यवसायीको समस्याहरु सम्बोधन  गराउन महासंघ सधै लागिपर्ने बताएका थिए । 

महासंघकै पहलमा घरेलु तथा साना उद्योग कार्यालय मोरङबाट प्रबिधि हस्तान्तरण स्वरुप २ लाख बराबरको मेसिनहरु, वन कार्यालयबाट २ लाख ५० हजार बराबरको काठ, जिल्ला प्रशासन कार्यालयबाट नगद रु. ३० हजार सहयोग उपलब्ध गराइने भएको छ । 

साथै स्थानीय सरकारमार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले गराएका थिए । सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ मोरङ शाखाबाट अध्यक्ष बिनोद ढकालले पीडित राजबंशीलाई नगद रु ४३५०१/– प्रदान गरेका थिए ।  

Advertisement

Advertisement