महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान

Advertisement

काठमाडौं । २०८० सालको महालक्ष्मी साहित्य पुरस्कार शनिबार महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमक बीच प्रदान  गरिएको छ । 

तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ विस. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

Advertisement

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ख का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । 

यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।  
 
 

Advertisement

Advertisement