सगरमाथा शिखरमा ३०औं पटक पाइला राख्ने कामीरिताको काठमाडौंमा भव्य स्वागत (फोटो फिचर)

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ३०औं पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिउको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिंदा उनलाई भव्य स्वागत गरिएको हो । 

उनी गत बुधबार बिहान बिहान ७ बजेर ४९ मिनेटमा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । हुन् । 

Advertisement

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । 

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । 

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । 

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

 

Advertisement

Advertisement